All Posts By खबर पलपल

    Showing ९१-१०० of १,०४२ items.
  • नेपालको दुई महिनाको वैदेशिक व्यापार घाटा २ खर्ब ७० अर्ब

    विराटनगर  - चालु आर्थिक वर्षको पहिलो २ महिनामा नेपालको वैदेशिक व्यापार घाटा २ खर्ब ७० रुपैयाँ नाघेको छ । भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको विवरण अनुसार भदौ महिनासम्म २ खर्ब ७० अर्ब ४७ करोड ७५ लाख १८ हजार रुपैयाँ नाघेको छ । दुई महिना अवधिमा नेपालमा कुल आयात ३ खर्ब १४ अर्ब ५१ करोड ७१ लाख ९ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको छ । सोही समयमा नेपालको निर्यात भने आयातको तुलनामा न्यून रहेको छ । भदौसम्म ४४ अर्ब ३ करोड ९५ लाख ९१ हजार रुपैयाँको वस्तु विभिन्न मुलुकमा निर्यात भएको विभागको तथ्यांक छ । दुई महिना अवधिमा कुल वैदेशिक व्यापार ३ खर्ब ५८ अर्ब ५५ करोड ६७ लाख रुपैयाँ बराबरको भएको छ । चा

    • प्रकाशित मितिः आश्विन ८, २०७८
    • ३१४ पटक पढिएको
  • प्रदेश १ मा शुक्रबार ३ सय २४ जनामा कोरोना संक्रमण

    विराटनगर,- प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३२४ जनामा कोरोना संक्रमण देखिएको छ । ९५८ जनाको पीसीआर परीक्षण गर्दा २११ र ६०४ जनाको एन्टिजेन परीक्षण गर्दा ११३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ७३, सुनसरीमा ६६, मोरङमा ५८, इलाममा ८, धनकुटामा २, ओखलढुङ्गा र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको हो । झापाको कनकाईमा १४, विर्तामोडमा १२, भद्रपुरमा ११, दमकमा ९, मेचीनगरमा ८, शिवसताक्षी र बुद्धशान्तिमा ५–५, अर्जुनधारामा ३, कमल गाउँपालिका र झापा गाउँपालिकामा २–२, गौरादह र हल्दिबारीमा १–१, सुनसरीको इटहरीमा ४०, धरान

    • प्रकाशित मितिः आश्विन ८, २०७८
    • १०८ पटक पढिएको
  • काङ्ग्रेस महाधिवेशनको मिति नसर्ने

    सत्तारूढ दल नेपाली काङ्ग्रेसले पार्टीको १४औँ महाधिवेशनको मिति नसर्ने स्पष्ट पारेको छ । शुक्रबार सिंहदरवारस्थित पार्टी संसदीय दलको बैठकमा बसेको पार्टी पदाधिकारी बैठकले पार्टीको केन्द्रीय महाधिवेशन मङ्सिर ९ देखि १३ गते तोकिएकै मितिमा हुने प्रष्टयाएको हो । बैठकले केन्द्रीय महाधिवेशनको मिति सार्ने प्रस्ताव पार्टीका कुनै पनि पदाधिकारीले नगरेको पनि जानकारी गराएको छ । बैठकले भोलि शनिबार निर्धारित समयमै पार्टीको पालिका स्तरीय अधिवेशन हुने र त्यसलाई सफलतापूर्वक सम्पन्न गराउन पनि सिङ्गो पार्टी पंक्तिलाई आह्वान गरेको छ ।

    • प्रकाशित मितिः आश्विन ८, २०७८
    • ५१९ पटक पढिएको
  • प्रदेश १ मा बिहिबार २ सय ८४ जनामा कोरोना संक्रमण

    विराटनगर-  प्रदेश १ मा पछिल्लो २४ घण्टामा २८४ जनामा कोरोना संक्रमण भएको छ । ८२० जनाको पीसीआर परीक्षण गर्दा १६७ र ५०६ जनाको एन्टिजेन परीक्षण गर्दा ११७ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ७७, मोरङमा ५४, सुनसरीमा २४, इलाममा ६, धनकुटामा ३, उदयपुरमा २ र प्रदेश १ बाहिरका १ जनामा संक्रमण देखिएको हो । झापाको विर्तामोडमा १४, मेचीनगरमा १२, अर्जुनधारा र कनकाईमा ११–११, दमकमा ८, बुद्धशान्तिमा ५, भद्रपुर र कमल गाउँपालिकामा ४–४, झापा गाउँपालिकामा ३, गौरादहमा २, शिवसताक्षी, गौरीगञ्ज र हल्दिबारीमा १–१, मोरङको विराटनगरमा ३१, केरा

    • प्रकाशित मितिः आश्विन ७, २०७८
    • ३३० पटक पढिएको
  • हतियारधारी गिरोह सात जना विरुद्ध मोरङ अदालतमा मुद्दा दर्ता

    विराटनगर-  स्वचालित हतियारको आडमा लुटपाट आतंक मच्चाउँदै आएको संगठित गिरोहका सात जनाविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दर्ता भएको छ । उनीहरुविरुद्ध विभिन्न चारवटा शीर्षकमा मुद्दा दर्ता भएको हो । प्रहरीले अनुसन्धान सकेर मिसिल बुझाएपछि जिल्ला सरकारी वकिल कार्यालय मोरङले अभियोगपत्र तयार पार्दै सात जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको छ । अभियुक्तविरुद्ध हातहतियार खरखजना, डाँका उद्योग, ज्यान मार्ने उद्योग र संगठित अपराधमा मुद्दा दर्ता भएको जानकारी अदालतका सूचना अधिकारी राजेन्द्रप्रसाद धमलाले दिए । उनका अनुसार जिल्ला अदालत मोरङका न्यायाधीश सुनर्दशन लामिछानेको इजलासमा प्रतिवादीको बयान लिने

    • प्रकाशित मितिः आश्विन ७, २०७८
    • ४०३ पटक पढिएको
  • राज्यले म माथि षडयन्त्र गर्यो : उपसभापति गच्छदार

    विराटनगर- नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले राज्यले षडयन्त्र गरेर फसाएको बताएकाछन । विराटनगर विमान स्थलमा बिहिबार सञ्चारकर्मीहरुसँगको भेटघाटमा आफूले कहिले पनि अनियमितता र भ्रष्टाचार नगरेको भन्दै जनताको हक अधिकारका लागि लड्ने आफु विरुद्ध अख्तियार मतियार भएर काम गरेको गुनासो गरे । मन्त्रिपरिषद्को निर्णय माथि अख्तियारले कारवाही गर्न नमिल्ने  र यदि कारवाही नै गर्नु पर्ने भएमा मन्त्रिपरिषद् माथि कारवाही गर्नु पर्ने तर्क गर्दै उनले ५० वर्षको राजनीतिक यात्रामा लागेको आफु थारुको छोरा आदिवासी माथि अख्तियारले अन्याय गरेको धारणा व्यक्त गरे । १९ महिना पछि बिहिबार  राजनीतिक कर्म थलो

    • प्रकाशित मितिः आश्विन ७, २०७८
    • २४६ पटक पढिएको
  • रोजिना गिरी शङ्कास्पद मृत्यु प्रकरण : कहाँ पुग्यो प्रहरी अनुसन्धान ?

    मोरङको सुन्दरहरैँचा–८ सलकपुरकी २१ वर्षीय रोजिना गिरी (काफ्ले) को शङ्कास्पद मृत्यु प्रकरणमा प्रहरीको अनुसन्धान फित्तलो भएको आफन्तले आरोप लगाएका छन् । गत आइतबार बिहान आफ्नै घरको कोठाभित्र मृत भेटिएकी रोजिनाको मृत्यु प्रहरणमा प्रहरीको अनुसन्धान फित्तलो भएको मृतककी सानिमा रमिला गिरीले बताइन् । उर्लाबारी नगरपालिका–८ दुर्गापुरी माइती भएकी रोजिना आइतबार बिहान सात बजे आफ्नै घरको कोठामा मृत भेटिएकी थिइन् । उनको शव त्यही दिन पोस्टमार्टमका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको भएपनि दुई परिवारबीच तालमेल नमिल्दा मङ्गलबार मात्र पोस्टमार्टम भएको थियो । ‘मृत्यु भएको पाँच द

    • प्रकाशित मितिः आश्विन ७, २०७८
    • २४० पटक पढिएको
  • नेपालमा हालसम्म ७९ लाखले लगाए पूर्ण खोप

    काठमाडौँ — नेपालमा करिब ७९ लाख नागरिकलाई कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलका अनुसार कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या ७८ लाख ९० हजार ३७५ रहेको छ । त्यस्तै, पहिलो मात्रा लगाउनेको सङ्ख्या ६२ लाख ६२ हजार ७८० पुगेको छ । पूर्ण मात्रा खोप लगाउने र पहिलो मात्रा मात्र लगाउने गरी एक करोड ४१ लाख ५३ हजार १५५ जनामा कोरोनाविरुद्धको खोप लगाइएको जनाइएको छ ।प्रवक्ता पौडेलका अनुसार कोभिसिल्डको पहिलो मात्रा लगाउनेको सङ्ख्या २६ लाख ३६ हजार ८२३ पुगेको छ । यस्तै कोभिसिल्डको दुवै मात्रा लगाउनेको सङ्ख्या १४ लाख ८८ हजार ४३५

    • प्रकाशित मितिः आश्विन ७, २०७८
    • २७४ पटक पढिएको
  • मोरङमा माछा मार्नेक्रममा करेन्ट लागेर एक जनाको मृत्यु

    मोरङ बूढीगंगा गाउँपालिकामा माछा मार्नेक्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बूढीगंगा—६ सैतानपुर का २६ वर्षीय कामलिस माझी रहेका छन् । बुधबार बेलुका ४ बजे सोही स्थानमा रहेको त्रिजुगा खोलामा आफ्नै घरको विद्युतको लाइन लगेर करेन्ट लगाई माछा मार्ने क्रममा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका उनको विराटनगरस्थित कोसी अस्पतालमा उपचारका क्रममा बेलुका ५ बजे मृत्यु भएको हो ।घटनासम्बन्धमा प्रहरी चौकी कोयलपुरबाट खटिएको प्रहरी टोलीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । 

    • प्रकाशित मितिः आश्विन ७, २०७८
    • १७२ पटक पढिएको
  • प्रदेश १ मा बुधबार ३ सय २० जना कोरोना संक्रमीत थपिए

    विराटनगर-  प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३२० जनामा कोरोना संक्रमण भएको छ । १ हजार ५९ जनाको पीसीआर परीक्षण गर्दा २२९ र ४५१ जनाको एन्टिजेन परीक्षण गर्दा ९१ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ९३, झापामा ७९, सुनसरीमा ४८, पाँचथरमा २, धनकुटा, संखुवासभा र तेहृथुममा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको हो । मोरङको विराटनगरमा ५२, पथरीशनिश्चरेमा १५, बेलबारीमा ८, रतुवामाई र लेटाङमा ५–५, सुन्दरहरैचामा ३, सुनबर्षी, उर्लाबारी, मिक्लाजुङ, धनपालथान र कटहरीमा १–१, झापाको विर्तामोडमा २०, दमकमा १७, कनकाईमा १०, शिवसताक्

    • प्रकाशित मितिः आश्विन ६, २०७८
    • ३१८ पटक पढिएको

खबर पलपल मिडिया प्रा.लि. द्धारा सञ्चालित

  • सम्पर्क फोन: ९८५२०२२९०० / विराटनगर-४
  • [email protected]
  • सुचाना तथा प्रशारण विभाग दर्ता नं. : २७७४/०७८-०७९
  • प्रेस काउन्सिल सुचिकरण नं. : ५४/०७८-०७९
  • प्यान नम्बर : ६०९९४०६६
  • कम्पनी दर्ता : २६०७१७

हाम्रो समूह

प्रधान सम्पादक वेदराज पौडेल
सम्पादक कृष्णकुमार दाहाल 'शिशिर'
अन्तर्राष्ट्रिय ब्यूरो प्रमुख उमा थापा पोखरेल