All Posts By खबर पलपल

    Showing १-१० of १,०४२ items.
  • माओवादी केन्द्रले तीन मन्त्री र एक राज्यमन्त्रीकाे नाम टुङ्गो लगायाे

    काठमाडौं—नेकपा माओवादी केन्द्रकाे स्थायी कमिटीकाे बैठकले तीन मन्त्री र एक राज्यमन्त्रीकाे नाम टुंगो लगाएको छ । माओवादी केन्द्रका नेता देबगुरुङका अनुसार माओवादी केन्द्रबाट देवेन्द्र पौडेल, शशी श्रेष्ठ र महेश्वर गहतराज मन्त्री बन्ने भएका छन् ।यस्तै, बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय भएको छ । उनीहरुले पाउने मन्त्रालयको भने टुङ्गो नलागेको उनले बताए । 

    • प्रकाशित मितिः आश्विन २०, २०७८
    • २८९ पटक पढिएको
  • प्रदेश नं २ मा मुख्यमन्त्री राउतलाई दुई तिहाइको समर्थन

    प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले दुई तिहाइको समर्थन पाएका छन् । जनता समाजवादी पार्टी (जसपा) विभाजन भएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बनेपछि मुख्यमन्त्री राउतले आज विश्वासको मत मागेका थिए । प्रदेशसभामा भएको मतदानमा राउतको पक्षमा ७७ मत परेको छ । यो कूल प्रदेशसभा सदस्य सङ्ख्या १०४ को दुई तिहाइ हो । राउतलाई उनकै दल जसपासँगै सरकारमा रहेका नेपाली कांग्रेस र नेकपा(माओवादी केन्द्र) तथा पाँच दलीय गठबन्धनमा रहेको नेकपा(एकीकृत समाजवादी)का सांसदले मत दिएका छन् । उनको विपक्षमा २३ मत परेको छ । राउतको विपक्षमा लोसपा र नेकपा (एमाले)का सांसदले मत दिएका हुन् । आजको मतदानमा प्रदेशसभाका

    • प्रकाशित मितिः आश्विन २०, २०७८
    • ३४५ पटक पढिएको
  • ललिता निवास प्रकरणमा मैले एक पैसा पनि हिनामिना गरेको छैन : उपसभापति गच्छादार

    नेपाली कांग्रेसका उपसभापति बिजयकुमार गच्छदारले ललिता निवास जग्गा प्रकरणमा आफूले एक पैसा पनि हिनामिना नगरेको दावी गरेका छन् । बुधबार गृहजिल्ला सुनसरीको बर्जु गाउँपालिकामा आयोजित एक कार्यक्रममा बोल्दै उपसभापति गच्छदारले सो जग्गा प्रकरणमा एक पैसा मात्रै आफूले हिनामिना गरेको कसैले प्रमाणित गरे फाँसीमा झुण्डिन तयार रहेको चेतावनीसमेत दिए । उपसभापति गच्छदारले भने, ‘मैले ललिता निवास जग्गा प्रकरणमा एक पैसा पनि हिनामिना गरेको कसैले प्रमाणित गरिदियो भने म मृत्युदण्ड भोग्न तयार छु । फाँसीमा झुण्डिन तयार छु । मेरो चुनौति छ–राज्यसँग । मेरो चुनौति छ कि मैले मेरो देशको सार्वजनिक सम्पत्ति एक लाल पैसाको सम

    • प्रकाशित मितिः आश्विन २०, २०७८
    • ३०० पटक पढिएको
  • भूतिया दहमा डुबेर मोरङका एक युवाको मृत्यु

    उदयपुर —  उदयपुरको भुत्तिया दहमा डुबेर एक युवाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा मोरङको सुन्दरहैंचा नगरपालिका–४ बलिया निवासी अन्दाजी वर्षको २२ को शिखर सिलवाल रहेका छन् । उनको नुहाउने क्रममा डुबेर मृत्यु भएको हो । जिल्लाको बेलका नगरपालिका– ५ स्थित झरनामा नुहाउने क्रममा चिप्लिएर सो दहमा खस्दा मध्याह्न १२ बजे सिलवाल बेपत्ता भएका थिए । बेपत्ता भएका सिलवाललाई इलाका प्रहरी कार्यालय रामपुर र स्थानीयको सहयोगमा खोजी कार्य थालेको थियो । खोजतलासका क्रममा उनको शव साँझ ५ बजे फेला पारेको प्रहरीले जनाएको छ । प्रायः गर्मीको समयमा स्थानीयवासी र बाहिरबाट आउने युवायुवतीहरू उक्त दहमा पौडी खेल्ने गर्

    • प्रकाशित मितिः आश्विन २०, २०७८
    • १४१ पटक पढिएको
  • वैदेशिक रोजगारमा जानेलाई पनि पेन्सन

    काठमाडौँ—वैदेशिक रोजगारमा जानेले पनि चाहेमा स्वदेशमा पेन्सन पाउन सक्ने भएका छन् । विदेशमा गरेको कमाइको केही अंश बचत गरेर उनीहरूले स्वदेश फिर्ता भएपछि पेन्सनका रूपमा उक्त रकम पाउन सक्ने योजना नागरिक लगानी कोषले ल्याएको छ ।यस विषयमा नागरिक लगानी कोष र आईएमई लिमिटेडबीच समझदारी भएको छ । समझदारीअनुसार वैदेशिक रोजगारीमा रहेका नेपालीले सहज रूपमा नागरिक पेन्सन योजनामा सहभागी हुन रकम जम्मा गर्नसक्ने नागरिक कोषले जनाएको छ ।विदेशमा रहेका नेपालीलाई नागरिक पेन्सन योजनामा आबद्ध गर्न ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि)को प्राविधिक सहयोगमा कोष र रेमिट्यान्स कम्पनीको सफ्टवेयरलाई आबद्धता गर्ने सफ्टवेयर

    • प्रकाशित मितिः आश्विन १९, २०७८
    • २७८ पटक पढिएको
  • फेसबुक, ह्वाट्सएप र इन्स्ट्राग्राम ६ घण्टा बन्द हुँदा ६० लाख डलर घाटा

    काठमाडौं—विश्वभर पहुँच भएका सामाजिक सञ्जाल फेसबुक, ह्वाट्सएप र इन्स्ट्राग्राम करीब छ घण्टा बन्द भएको छ । नेपालमा पनि गए राती करीब ९ बजेबाट फेसबुक लगायतका सामाजिक सञ्जालहरु बन्द भएका थिए ।समाजिक सञ्जाल बन्द हुँदा करीब ६० लाख अमेरिकी डलर घाटा भएको जनाइएको छ । फेसबुकले प्रबिधिक कारणले समस्या आएकोमा माफी मागेको छ ।

    • प्रकाशित मितिः आश्विन १९, २०७८
    • २५० पटक पढिएको
  • श्रीलङ्कालाई पछि पार्दै नेपाल शीर्ष स्थानमा

    नेपाल माल्दिभ्समा जारी १३औँ संस्करणको साफ च्याम्पियनसिपको शीर्ष स्थानमा उक्लिएको छ । सोमबार आफ्नो दोस्रो खेल खेलेको नेपालले श्रीलङ्कामाथि ३–२ गोलको जित निकाल्दै शीर्ष स्थान कब्जा गरेको हो ।यसअघि नेपालले घरेलु टिम माल्दिभ्समाथि १-० गोलको जित निकालेको थियो । दोस्रो जितसँगै नेपालले ६ अंक जोड्दै शीर्ष स्थान बनाएको हो । गए राति माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय रङ्गशालामा नेपाललाई जिताउन सुमन लामा, अन्जन विष्ट र आयुष घलानले एक–एक गोल गरे । श्रीलङ्काका मार्भिन ह्यामिल्टन र डिलियन डी सिल्भाले एक–एक गोल गरे । खेलको पहिलो हाफको ३०औँ मिनेटमा नेपालले सुमनको गोलले अग्रता लिएको थियो । दोस्र

    • प्रकाशित मितिः आश्विन १९, २०७८
    • २५१ पटक पढिएको
  • नेपाललाई फाइदा : भारत र बङ्गलादेशको बराबरी

    माल्दिभ्समा जारी १३औँ संस्करणको साफ च्याम्पियनसिपअन्तर्गत भारत र बङ्गादेशले बराबरी खेल्दै अङ्क बाँडेका छन् । सोमबार भएको पहिलो खेलमा भारत र बङ्गलादेशले १–१ गोलको बराबरी खेलेका हुन् । माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय फुटबल रङ्गशालामा भारतले सुरुवाती अग्रता उल्टाउन नसक्दा बराबरीमा चित्त बुझाएको हो । खेलको २६औँ मिनेटमा कप्तान सुनिल क्षेत्रीले गोल गर्दै भारतलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ५४औँ मिनेटमा विश्वनाथ घोसले रातो कार्ड पाएपछि बङ्गलादेश १० खेलाडीमा सीमित बनेको थियो । ७४औँ मिनेटमा यसिन अराफतले गोल गर्दै बङ्गलादेशलाई बराबरीमा फर्काए । यस बराबरीसँगै नेपाललाई फाइदा

    • प्रकाशित मितिः आश्विन १८, २०७८
    • २३८ पटक पढिएको
  • विराटनगरबाट बालक अपहरणको आरोपमा भारतीय नागरिक पक्राउ

    विराटनगर-  प्रहरीले एक जना भारतीय नागरिकलाई बालक अपहरण गरेको आरोपमा विराटनगरबाट पक्राउ गरेको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बालकलाई अपहरण गरेर भारत लैजान लागेको खुलेपछि भारत अररियाका ४० वर्षीय राजु मण्डलाई पक्राउ गरिएको बताए । उनका अनुसार विराटनगर महानगरपालिका–८ अशोक चोकका १२ वर्षीय रोहित शर्मालाई अपहरण गरेर भारततिर लैजाँदै गरेको भनेर मण्डलविरुद्ध किटानी जाहेरी परेको छ । रोहितका बुवा ३५ वर्षीय श्याम शर्माले मण्डलविरुद्ध जाहेरी दिएकाछन । प्रहरीले मण्डलविरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दा चलाउनलाई अनुसन्धान अघि बढाउन सोमबार जिल्ला अदालत मोरङबाट म्याद थप गरेको छ । बालकलाई अप

    • प्रकाशित मितिः आश्विन १८, २०७८
    • २५१ पटक पढिएको
  • प्रदेश १ मा सोमबार १८६ जनामा कोरोना संक्रमण,३ जनाको मृत्यु

    विराटनगर-  प्रदेश १ मा पछिल्लो १४ घण्टामा १८६ जनामा कोरोना संक्रमण भएको छ । ८२६ जनाको पीसीआर परीक्षण गर्दा १३९ र २३८ जनाको एन्टिजेन परीक्षण गर्दा ४७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको हो ।मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ६६, मोरङमा ४४, सुनसरीमा २४, उदयपुरमा २, पाँचथर, ताप्लेजुङ, र धनकुटामा १–१ जनामा संक्रमण देखिएको हो ।झापाको विर्तामोडमा १५, कनकाईमा १३, दमक र भद्रपुरमा ८–८, मेचीनगरमा ७, अर्जुनधारामा ४, बुद्धशान्तिमा ३, बाहृदशी, शिवसताक्षी र झापा गाउँपालिकामा २–२, हल्दिबारी र कमल गाउँपालिकामा १–१,  मोरङको विराटनगरमा २८, बेलबारीमा ४, उर्लाबारी र बुढ

    • प्रकाशित मितिः आश्विन १८, २०७८
    • २९८ पटक पढिएको

खबर पलपल मिडिया प्रा.लि. द्धारा सञ्चालित

  • सम्पर्क फोन: ९८५२०२२९०० / विराटनगर-४
  • [email protected]
  • सुचाना तथा प्रशारण विभाग दर्ता नं. : २७७४/०७८-०७९
  • प्रेस काउन्सिल सुचिकरण नं. : ५४/०७८-०७९
  • प्यान नम्बर : ६०९९४०६६
  • कम्पनी दर्ता : २६०७१७

हाम्रो समूह

प्रधान सम्पादक वेदराज पौडेल
सम्पादक कृष्णकुमार दाहाल 'शिशिर'
अन्तर्राष्ट्रिय ब्यूरो प्रमुख उमा थापा पोखरेल